ट्रम्पको करमा मोदीको प्रतिक्रिया-‘मलाई ठूलो मूल्य चुकाउनु पर्नेछ, तर म तयार छु’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर वृद्धिको घोषणा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रतिक्रिया आएको छ।

अप्रत्यक्ष रूपमा बोल्दै प्रधानमन्त्री मोदीले भने कि हाम्रो लागि, हाम्रा किसानहरूको हित सर्वोच्च प्राथमिकता हो । चाहे यसको लागि जुनसुकै मूल्य चुकाउनु परोस् । उनले आफ्नो लागि भारतीय किसानहरूको हित सर्वोच्च प्राथमिकता भएको र यसको लागि जति नै मूल्य चुकाउन परे पनि तयार रहेको बताएका छन् । ‘भारतले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई व्यक्तिगत रूपमा थाहा छ, मैले यसको लागि ठुलो मूल्य चुकाउनुपर्नेछ, तर म यसको लागि तयार छु । आज, भारतका किसान, माझी र दुग्ध उत्पादकहरूको लागि तयार छ’ कार्यक्रममा मोदीले भनेका छन् ।

उनले सिधा तरिकाले नभनेपनि उनको यो अभिव्यक्तिलाई ट्रम्पको ट्यारिफसँग जोडेर हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *