“बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत”

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत भएको बताएका छन् । 

सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको उल्लेख गर्दै यसलाई तत्काल रोकिनुपर्ने बताएका हुन् । 

उनले भनेका छन्- 

कुनै पनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो। सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ। यो कार्य तत्काल रोकिनुपर्दछ।  सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था हो । यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरु रचिएका छन् । बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरुप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण छ। यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गर्दछु।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *