रास्वपाले रुपन्देही ३ मा उम्मेदवार बन्न दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गर्यो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ ।
आज बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ । जसमा पार्थिवेन्द्र उपाध्याय, शुलभ खरेल, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् ।
रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । दर्ता भएका उम्मेदवारीमाथि शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म दाबी विरोध गर्न सक्ने रास्वपाले जनाएको छ ।