शिक्षक महासंघका पदाधिकारीले आफूहरूसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्छन् : सभापति थापा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयक अघि बढाइएको बताए । नेपाल शिक्षक महासंघका पदाधिकारीले आफूहरूसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको उनले जिकिर गरे ।

महासंघका अध्यक्ष, महासचिवलगायत पदाधिकारीसँग पटक–पटक छलफल गरेको र प्रायजसो सबै विषय सहमतिमै टुंग्याइएको उनले बताए । महासंघले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको तर सरकारले त्यसलाई स्वीकार नगरेको उनले स्पष्ट पारे । समितिका सभापति थापाले अब अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गर्न उमेरहद नलाग्ने बताए । उनीहरूले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न नसके ‘गोल्डेन ह्यान्डसेक’मार्फत बिदाइ गरिने व्यवस्था विधेयकमा समावेश गरिएको थापाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *