ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने

काठमाडौँ । अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने भएका छन्।

यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार ललितको आमाको निधन भएपछि साहबलाई टोलीमा बोलाइएको हो। ललितको आमाको आइतबार मोरङमा निधन भएको थियो। नेपाली टोली टप एन्ड सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाँदैछ।

उक्त सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *