वैभवी सापकोटालाई थाइल्यान्डमा स्वर्णसहित तीन पदक

काठमाडौँ । थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी १० वर्षीय वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । सापकोटाले एक स्वर्ण र दुई काँस्यसहित तीन पदक जितेकी हुन् । अगष्ट ९ देखि १० तारिखसम्म भएको उक्त प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

थाइल्यान्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा वैभवीले फिलिपिन्स र थाइल्यान्डका खेलाडीलाई पछी पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन् । क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन् । त्यसैगरी, पुम्से विधामा दुई राउण्ड जित हासिल गर्दै काँस्य पदक हात पारिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *