नाइमा अटो शोमा कुन गाडी कति बुकिङ

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा(को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ समापन भएको छ । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्सपोको सोमबार साँझ समापन भएको हो । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा १ लाखले अवलोकन गरेका छन् । एक्स्पोमा चार पांग्रे र दुई पांग्रे सवारी साधन प्रदर्शनमा राखिएका थिए । विद्युतीय सवारीको बोलवाला भएको एक्सोपमा सबैभन्दा धेरै बीवाइडीको गाडी बुक भएको छ । हामीले यहाँ केही कम्पनीले उपलब्ध गराएका विवरणहरू उल्लेख गरेका छौं
कुन गाडी कम्पनीका कति गाडी बुकिङ ?
बीवाइडी -८०० भन्दा बढी
हुन्डाई -२५० भन्दा बढी
लिपमोटर -१७५ युनिट
फोर्थिङ फ्राइडे -३८ वटा
एलएअस अटोको – ३७ वटा
फक्सवागन- २८ वटा
टोयोटाको -२६ वटा
ट्यांक ५०० -१७ माथि

दुई पांग्रेमा
१. एथरको स्कुटरको -१५० बढी
२. केटीएमटीएम -२०० युनिट
३. बेनेलिको बाइक – ८० वटा (मोर्बिडिलेज)
एक्स्पोमा चारपांग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ब्रान्ड प्रदर्शनीमा राखिएको थियो । यस्तै, दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले उपस्थिति जनाएका थिए । कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *