सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको लाभांश घोषणा
काठमाण्डौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका विभिन्न बन्दमूखी योजनाले लाभांश वितरण गर्ने निर्णय गरेका छन्। यी योजनाहरुले २०८१।८२ को आर्थिक वर्षको मूनाफाबाट इकाईधनीलाई लाभांश प्रदान गर्ने भएका हुन्। सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को प्रतिफल वितरण गर्ने तयारी भइरहेको छ।
सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत लाभांश वितरण गर्ने भनेका छन्। त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल लाभांश वितरण गर्ने भएको छ। इकाईधनीका लागि बुक क्लोजको सूचना पछि थप जानकारी सार्वजनिक गरिने कम्पनीले जनाएको छ।