राजनीतिक परिवर्तनको मूल शक्ति युवा- कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आगामी नीति–नियम र राजनीतिक दृष्टिकोण आधुनिक पुस्तालाई केन्द्रमा राखेर निर्माण गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा मङ्गलवार पार्टीको युवा विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीयता र संविधानको प्रभावकारी कार्यान्वयनका लागि “भविष्यको पुस्तालाई लक्षित बौद्धिक नक्सा” तयार गर्न आवश्यक रहेको धारणा राखे। अर्यालका अनुसार, अब बन्ने नीतिहरू अघिल्लो पुस्ताको आवश्यकताभन्दा आधुनिक पुस्ताको आकांक्षासँग मेल खाने खालका हुनुपर्छ। उनले राजनीतिक वृत्तमा समेत युवाको उपस्थिति अपरिहार्य भएको उल्लेख गर्दै, रास्वपाको संसदीय प्रवेशपछि सदन अझ “सुन्न र हेर्न लायक” बनेको दाबी गरे।

उनले राजनीति केवल अवसरका लागि नभई आन्तरिक बोध र प्रतिबद्धताबाट गर्नुपर्नेमा जोड दिए। “आफ्नो ब्रह्मले भनेपछि मात्रै राजनीतिमा प्रवेश गर्नुस्,” उनले रास्वपामा नयाँ प्रवेशकर्तालाई सन्देश दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *