सामसङ नेपालले सुरु गर्‍यो ‘मनसुन क्याम्प’

काठमाडौं । सामसङ नेपालले मनसुनको मौसम लक्षित गर्दै विशेष ग्राहक सेवा अभियान ‘सामसङ मनसुन क्याम्प’ सञ्चालनमा ल्याएको छ । वर्षायाममा चिस्यान र पानीका कारण स्मार्टफोनमा देखिने समस्या, विशेषगरी चार्जिङ पोर्टमा हुने क्षति ध्यानमा राखेर यो अभियान सुरु गरिएको हो । यो अभियान २४ अगस्ट २०२५ सम्म सञ्चालन हुनेछ । यस अवधिभरि सामसङका प्रयोगकर्ताले वारेन्टी भए वा नभएका आफ्ना स्मार्टफोनको बिग्रिएको चार्जिङ पोर्ट अधिकृत सेवा केन्द्रमा लगेर निःशुल्क परिवर्तन गराउन सक्नेछन् ।

कम्पनीका अनुसार चार्जिङ पोर्ट निःशुल्क फेरिने भए पनि मर्मतका लागि लाग्ने श्रम शुल्क (लेबर चार्ज) र अन्य आवश्यक पार्टपुर्जाको लागत भने ग्राहक आफैंले बेहोर्नुपर्ने छ । यो विशेष सेवा सामसङका आधिकारिक सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ । सामसङ नेपालका डेपुटी जनरल म्यानेजर तथा ग्राहक सेवा प्रमुख राजन भट्टराईले ग्राहकलाई मौसम जुनसुकै भए पनि तनावमुक्त अनुभव प्रदान गर्ने प्रतिबद्धता अनुसार यो अभियान ल्याइएको बताए । ‘वर्षायाममा चिस्यान र पानीले स्मार्टफोनको चार्जिङ पोर्टमा असर गर्ने जोखिम बढ्छ, मनसुन क्याम्पमार्फत हामी समयमै मर्मत सुविधा दिएर हाम्रा प्रयोगकर्तालाई आफ्ना फोन सुरक्षित रूपमा प्रयोग गर्न र कनेक्टेड रहन मद्दत गर्न चाहन्छौं । सामसङले आफ्ना सम्पूर्ण ग्राहकलाई यो सीमित अवधिको सेवाको फाइदा उठाउन आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *