एनआईसी एशिया क्यापिटलको नेपालमै पहिलो पटक मिनी एसआईपी सुविधा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले दोस्रो खुलामुखी म्युचुअल फण्ड योजना ‘एनआईसी एशिया इक्वीटी लिङ्केड इन्भेष्टमेण्ट स्किम’ (ईएलआईएस) सञ्चालनमा ल्याउने भएको छ । यो स्किममा मिनिमम सिस्टमेटिक प्लान (मिनी एसआईपी) तथा सिस्टमेटिक ट्रान्सफर प्लान जस्ता विशेषताहरू समावेश गरिएको छ । जुन नेपालमै पहिलो पटक हो । यस योजनामा संकलित रकममध्ये अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये भविष्यमा राम्रो प्रतिफल दिने सम्भावना भएका कम्पनीहरू छनोट गरी लगानी गरिनेछ ।

योजनाअनुसार २० देखि ७५ प्रतिशत रकम आईपीओ जारी गरेका कम्पनी तथा सूचीकृत कम्पनीहरूमा, अधिकतम १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणमा लगानी गरिनेछ । साथै लगानी गर्दा कम्पनीहरूको भविष्य प्रगतिसम्बन्धी विस्तृत अध्ययन र अनुसन्धान पश्चात मात्र निर्णय गरिने जनाएको छ । यो योजना एनआईसी एशिया क्यापिटलले सञ्चालन गर्न लागेको हो । योजनामा व्यवस्थित र नियमित लगानी गर्न इच्छुक दीर्घकालीन प्रतिफल चाहने लगानीकर्ताका लागि यो उपयुक्त विकल्पका रूपमा रहेको कम्पनीको दाबी छ । स सानो रकम न्यून जोखिमसहित नियमित रूपमा दीर्घकालीन लगानी गर्न इच्छुक व्यक्तिहरूले भविष्यमा उचित प्रतिफलसहित ठूलो रकम संकलन गर्न सक्ने भएकाले यस प्रकारको योजना लाभदायक हुने कम्पनीको धारणा छ।
स्किमका मुख्य विशेषताहरू

लगानीकर्ताले नियमित रुपमा निश्चित समयसम्म लगानी गरी योजनाको प्रतिफल लिन सक्ने

नेपालमै पहिलो पटक मात्र ५०० रुपैयाँबाट पनि नियमित लगानी सुरु गर्न सकिने सुविधा

यस योजनाबाट एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित अन्य खुलामुखी योजनामा लगानी स्थानान्तरण गर्न सकिने

एकमुष्ठ रकम लगानी गरी वा संकलित रकम निश्चित समयपछि आफ्नो आवश्यकता अनुसार नियमित रूपमा निकाल्न सकिने

रकम उपलब्ध भएको समयमा थप रकम लगानी गर्न सकिने

संघसंस्थाले आफ्ना कर्मचारीको तलबरभत्ताबाट सोझै रकम कट्टा गरी इकाई खरिद गरिदिन सक्ने व्यवस्था

अधिकांश रकम दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको गहिरो अध्ययन र अनुसन्धानपछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना अनुसार लगानी गरिने

हाल सञ्चालनमा रहेका म्युचुअल फण्ड योजनाबाट नियमित रूपमा उचित प्रतिफल वितरण गर्न सफल व्यवस्थापकद्वारा सञ्चालित

मुद्रा बजार उपकरण र धितोपत्र बजारमा अवसर अनुसार लगानी विभाजन गरी इकाईधनीलाई जोखिम व्यवस्थापनसहित प्रतिफल प्रदान गर्ने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *