निर्वाचन आयोगले गर्‍यो रास्वपाको केन्द्रीय समिति अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ ।

निर्वाचन आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो । आयोगले रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार पदाधिकारी हेरफेरको अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् । प्रवक्तामा मनिष झा छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्रै रहेको अद्यावधिक गरिएको छ

यसअघि रास्वपाले महामन्त्री मुकुल ढकाल लगायतका नेताहरू हटाएको विवरण आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो । तर आयोगले आलटाल गर्दै आएको थियो । मंगलबारमात्रै ढकालको विपक्षमा सर्वोच्चले फैसला गरेको थियो । ढकालको रिट सर्वोच्चले मंगलबार खारेज गरेको हो ।

1
2
3
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *