अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता वैभवी सापकोटालाई थाइल्याण्डमा सम्मान

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा एक स्वर्णसहित ३ पदक जितेकी नेपाली खेलाडी वैभवी सापकोटालाई थाइल्याण्डमा रहेको नेपाली दुतावास र गैरआवाशीय नेपालीहरुका संघ संस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका छन् । नेपाली दुतावासमा भएको सम्मान कार्यक्रममा थाइल्याण्डका लागि नेपालका राजदुत धनवहादुर ओली, एनआरएनए एनसीसीका अध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष राजु बलामी, सचिव भुषणसिंह नेपाली श्रेष्ठ, एनआरएनए आईसीसी प्रतिनिधि एवम् एनआरएनए एनसीसीका पूर्वअध्यक्ष भविन्द्रबहादुर बस्नेत सहभागी थिए ।

सापकोटाले थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी हुन् । अगष्ट ९ देखि १० तारिखसम्म भएको उक्त प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

थाइल्यान्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स र थाइल्यान्डका खेलाडीलाई पछी पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन् । क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन् । त्यसैगरी, पुम्से विधामा दुई राउण्ड जित हासिल गर्दै कास्य पदक हात पारिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *