लामिछाने निकट मोहन थापा अमेरिका सरकारले डिपोर्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट (निष्कासन)मा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् । म्याग्दी घर भएका थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन् ।

अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गर्दै नेपाल फिर्ता पठाउने निर्णय गरेको थियो । साउन २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको थियो । उनलाई फारम भर्न लगाएर रिहा गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले बताए । ‘नेपालमा कुनै पनि मुद्दामा उहाँ नदेखिएपछि हामीले फारम भर्न लगाएर पठाएका छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *