नेपाल लाइफको नाफा १७.३७ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ मा नाफा १७.३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । ​​​​​​​​​ समीक्षा वर्षमा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ४० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले गत वर्ष ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.८४ प्रतिशतले बढेको छ । त्यस्तै गत आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब २६ करोड ३७ लाख रुपैयाँ थियो । समीक्षा वर्षमा कम्पनीको अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको अन्य इक्विटीमा ७५ करोड ८२ लाख रुपैयाँ थियो । त्यसैगरी गत वर्ष कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७९ प्रतिशतले बढेको छ अघिल्लो वर्षमा जीवन बीमा कोषमा १ खर्ब ९५ अर्ब ७ करोड रुपैयाँ थियो । कम्पनीको शेयर पुँजी समिक्षा वर्षमा ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकी कृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ६.६८ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.२६ रुपैयाँ थियो । कम्पनीको पिई रेसियो ११५.६८ गुणा रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३६.७५ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *