प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार ३६.७५ प्रतिशत वृद्धि
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।८२ मा ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब ३७ करोड २३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२।८९ प्रतिशतले वृद्धि भएको हो । समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३६.७५ प्रतिशतले वृद्धि भएर १३ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ११ करोड रहेको थियो । गत वर्ष कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आवमा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा १.२५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.२२ प्रतिशतले वृद्धि भएको हो । समिक्षा वर्षमा कम्पनीको सेयरपुँजी ५ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित नाफा ५१ करोड ४१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्तिकोषमा ११ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ ११५.९२ रुपैयाँ रहेको छ ।