अघिल्लो बर्षको तुलनामा यो बर्ष प्राधिकरणको नाफामा गिरावट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ भएको छ । यो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो । कुलमान घिसिङले नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गएको वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् ।

प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको छ । यस्तै राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *