एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, नक्सा, फोटो र गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिनेछ । यसका लागि लिलाम बिक्रीसम्बन्धी सूचनामा राखिएको क्युआर कोड स्क्यान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ग्राहकले सम्पत्ति विवरण हेरेपछि थप जानकारी आवश्यक भएमा पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, सम्पर्क नम्बर र ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्नेछन् । बैंकले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी नियमित रूपमा सोही पोर्टलमार्फत प्रकाशन गर्ने बताएको छ । यसमार्फत इच्छुक ग्राहकले लिलाममा उपलब्ध सम्पत्तिबारे सजिलै जानकारी लिन र खरिदमा सहभागी हुन सक्ने बैंकको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *