नेफ्स्कूनद्वारा बुडोेल सामुदायिकलाई सर्वोत्कृष्ट साकोस सम्मान

काठमाण्डौं । बनेपा ६ काभ्रेमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था नेफ्स्कून सर्वोत्कृष्ट साकोस सम्मान २०८२ बाट पुरस्कृत भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाले उक्त पुरस्कार प्राप्त गरेको हो । संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा अयोजित कार्यक्रमको प्रमुअ अतिथि भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलरामा अधिकारीले उक्त पुरस्कार प्रदान गरेका थिए । संस्थाका तर्फबाट अध्यक्ष कैलाश केसी, प्रमुख कार्यकारी विवेकराज ठकुरी लगायत संस्थाका सञ्चालक र कर्मचारीहरुले पुरस्कार ग्रहण गरेका थिए ।

संस्थाले २०७४ सालमा पनि ‘नेफ्स्कून सर्वोत्कृष्ट साकोस’ पुरस्कार पाएको थियो । २०५० सालमा स्थापना भएको बुडोल सामुदायिक साकोसमा १९ हजार ५ सय सदस्य रहेका आवद्ध छन् । २ अर्ब १८ करोड कुल सम्पत्ति रहेको संस्थाको संस्थागत पुँजी १७ करोड मापथ रहेको छ। संस्था स्तरीकरण कार्यक्रम एक्सेसमा आवद्ध भई ब्राण्ड समेत प्राप्त गरिसकेको छ । संस्थाले २०६९ सालमा एक्सेस ब्रोञ्ज ब्राण्ड र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । संस्थाले राष्ट्रिय सहकारी महासंघबाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार २०७० समेत प्राप्त गरीसकेको छ । संस्थाले सदस्यहरुलाई वित्तीय सेवाका साथै अन्य राहत समेत प्रदान गर्दै आएको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रही सदस्य र समुदायको हितका लागि संस्था निरन्तर क्रियशिल छ। संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले पुरस्कृत व्यक्ति र सहकारीका नाम घोषणा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *