भारतद्वारा नेपाली सेनालाई सहयोग

काठमाडौ । भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन् । भारतबाट छ थान सवारीसाधन, पाँच वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमाप्रयोग हुने दुई वटा कुकर प्राप्त भएको छ ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *