सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *