उपसभामुख हटाउने सरकारको तयारी, शेखर पक्ष असन्तुष्टि

काठमाडौँ । सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेको छ त्यसैबिचमा कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले भने असन्तुष्टि जनाएका छन् ।

विशेष गरेर नेता कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन् । पार्टीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको भएपनि कोइरालालाई कुनै खबर नआएको उनी निकट स्रोतले बताउँछ् । उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म छलफल नभएको शेखर पक्षले बताएको छ ।

कांग्रेस–एमालेले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *