अध्यक्ष प्रचण्डसँग सभापति लामिछानेका गुनासा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उही मुद्दामा थुप्रैले उन्मुक्ति पाएको र आफूलाई मात्रै लखेटिएको गुनासो गरेका छन् । बुधबार नख्खु कारागारमा रविसँगको भेटपछि प्रचण्डले पहिले भाषणमा गर्ने कुरा दाहोर्याएको बताए । मेरोजस्तो केसमा थुप्रैले उन्मुक्ति पाउने । मलाई मात्रै लखेटियो भन्ने उहाँको पहिलेदेखिको भनाइ नै राख्नुभयो, रविले वर्तमान सत्ता गठबन्धन आफूप्रति अनुदार भएको बताएको प्रचण्डले सुनाए । अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि मुद्दा लड्छु भन्दा त्यति पनि सुविधा पाइनँ ।
सरकार र यो गठबन्धन यति धेरै अनुदार, मप्रति विभेद किन गर्यो बुझ्न सकेको छैन, रविको भनाइबारे प्रचण्ड भन्छन् । प्रचण्डका अनुसार राजनीतक रुपमा कांग्रेस र एमालेले गरेको व्यवहारले आफू र पार्टीलाई देश फाइदा पुगेको निष्कर्षमा लामिछाने छन् । उहाँलाई राजनीतिक रुपमा कांग्रेस–एमालेले जसरी व्यवहार गरेको देखिएको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको रहेछ भन्ने उहाँले राम्रो भएको राम्रो बुझ्नु भएको रहेछ, प्रचण्डले भने । कांग्रेस र एमालेले आफ्नै खुट्टामा बञ्चरो हान्ने काम किन गरेका होलान् भन्ने नै रविलाई लागेको उनले बताए । त्यस्तै, उपसभामुख इन्दिरा रानालाई दुई दललाई बारम्बार झम्टिएको बताए । जे भएको छ । ठूलो अन्याय भएको छ । निरंकुशतातिर गठबन्धन गएको रहेछ भन्ने बुझाइ रह्यो, प्रचण्डले भने । उनले इन्दिरामाथिमात्रै अन्याय नभएर संविधान, लोकतन्त्रमाथिको प्रहार भएको बताए ।