उपसभामुखलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी
काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी रहने भएको छ ।
कांग्रेस र एमालेका सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । हिजो उपलब्ध भएका माननीयले हस्ताक्षर गरिसकेको र आज हिजो उपलब्ध नभएका र राजधानी बाहिर रहेकाहरूले हस्ताक्षर गर्ने बताइएको छ । यसैबिचमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पार्टीले सांसदको हस्ताक्षर संकलन गर्नु स्वभाविक रहेको बताएका छन् ।
हिजो मंगलबारबाट जारी गरिएको हस्ताक्षर संकलनमा हिजो कति सांसदको हस्ताक्षर गरे र कति संकलन भयो भन्ने विवरण सार्वजनिक भएको छैन ।