उपसभामुख नफर्किएसम्म उनलाई हटाउने प्रस्ताव अगाडि नबढ्ने

काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको नेताहरू बताउँछन् । यो विषयमा कांग्रेसले आन्तरिक छलफल समेत गरेको छ । बुधबार बिहान कांग्रेसको कार्यसमिति बैठक बसेको थियो । बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बसेको थियो । जहाँ उपसभामुख हटाउने प्रयास तत्कालका लागि केही पर सरेको विषयमा छलफल भएको थियो ।

उपसभामुख राना हाल अमेरिका भ्रमणमा छिन् । उनी यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । त्यसपछि मात्रै थप छलफल हुने र बरु यसबीचमा हस्ताक्षर संकलन जारी रहने बताइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संकलित हस्ताक्षरको प्रयोग तत्काल नहुने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *