चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ मा युरो स्कुल छाउनीलाई ५१ स्वर्ण
काठमाडौं । चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ को ग्लोबल राउन्डमा युरो स्कुल छाउनीका विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका छन् । विद्यालयबाट सहभागी भएका कुल १९ विद्यार्थीको टोलीले ५१ स्वर्ण र ६१ रजत पदक प्राप्त गर्दै अमेरिकास्थित येल विश्वविद्यालयमा आयोजना हुने प्रतिष्ठित ‘टुर्नामेन्ट अफ च्याम्पियन्स २०२५’ का लागि आफ्नो स्थान सुरक्षित गरेको छ । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको युरो स्कुल छाउनीका विद्यार्थीले उत्कृष्ट नतिजा सहित उच्च दक्षता प्रदर्शन गरेका छन् । युरो स्कुल कक्षा ८ की छात्रा आरुषी श्रेष्ठले लेखन प्रतिस्पर्धामा चौथो स्थान हासिल गर्दै ८ स्वर्ण र ३ रजत पदक जितिन् । उनले चित्रकला विषयमा समेत उत्कृष्ट क्षमता प्रदर्शन गर्न सफल रहिन् भने उनी सहभागी रहेको अदिति सुवेदी र लिजा पराजुली समेतको संयुक्त टोलीले सामूहिक लेखनमा तेस्रो स्थान प्राप्त गर्दै समग्रमा १५औं स्थान हासिल गर्न सफल भयो । त्यस्तै एरोन शर्मा प्रतिष्ठित ‘एसिमोभ अवार्ड’ जित्दै पाँचौं स्थानमा पर्न सफल भए । उनले व्यक्तिगत रूपमा ११ पदक (४ स्वर्ण, ७ रजत) जितेर आफ्नो उच्चतम प्रतिभा प्रदर्शन गर्न सफल भए ।
युरो स्कुल छाउनीबाट सहभागी जुनियर वर्गका विद्यार्थीका उपलब्धि निम्नानुसार छ
आरुषी श्रेष्ठ– ११ पदक (८ स्वर्ण, ३ रजत), एरोन शर्मा– ११ पदक )४ स्वर्ण, ७ रजत), अदिति सुवेदी– ९ पदक (६ स्वर्ण, ३ रजत), लिजा पराजुली– ७ पदक (४ स्वर्ण, ३ रजत), रितिशा शक्य– ६ पदक (३ स्वर्ण, ३ रजत), राज्वी त्रिपाठी– ६ पदक (२ स्वर्ण, ४ रजत), प्रतिष्ठा श्रेष्ठ– ६ पदक (१ स्वर्ण, ५ रजत), आश्रेय शाक्य– ५ पदक (२ स्वर्ण, ३ रजत), सम्पदा स्यान्डा– ५ पदक (२ स्वर्ण, ३ रजत), नस्वा महर्जन– ५ पदक (१ स्वर्ण, ४ रजत), टियारा श्रेष्ठ– ५ पदक (१ स्वर्ण, ४ रजत), लरिसा सुवेदी– ५ पदक (१ स्वर्ण, ४ रजत) र श्रेयसी सिग्देल– ५ पदक (१ स्वर्ण, ४ रजत) ।
त्यसैगरी सिनियर वर्गका विद्यार्थीका उपलब्धि निम्नानुसार छ
श्लेष्ना तुलाधर– ७ पदक (४ स्वर्ण, ३ रजत), लिजला शक्य– ५ पदक (४ स्वर्ण, १ रजत), अक्ष्यता तुलाधर– ४ पदक (२ स्वर्ण, २ रजत)ं, मनसा बगाले– ३ पदक (१ स्वर्ण, २ रजत), इभान सयामी– २ पदक (१ स्वर्ण, १ रजत), मानस श्रेष्ठ– २ पदक (२ रजत) । २० देशका करिब १ हजार ४ सय विद्यार्थीको सहभागिता रहेको वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डको प्रतिस्पर्धा निकै रोचक र चुनौतीपूर्ण रहेको विद्यालयबाट उक्त कार्यक्रममा सहभागी प्रधानाध्यापक रोहिणी प्रधानले बताए । प्रतिस्पर्धामा युरो स्कुल छाउनीले आफ्नो प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै विद्यालय परिवार र अभिभावक समेतलाई गौरवान्वित बनाउन सफल रहेको छ । युरो स्कुल छाउनीले यस्ता अन्तर्राष्ट्रिय अवसरले विद्यार्थीमा नेतृत्व क्षमता, आलोचनात्मक सोच र विश्व समुदायमा प्रतिस्पर्धा गर्न सक्ने उच्चस्तरीय क्षमता विकास हुने धारणा व्यक्त गरेको छ । आगामी नोभेम्बेर ६ देखि १२ सम्म अमेरिकाको प्रख्यात येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्समा सहभागी हुन युरो स्कुल छाउनीबाट टुर्नामेन्ट अफ च्याम्पियन्सका लागि विजयी विजेता टोलीका १३ सदस्य र अभिभावक समेत अमेरिका प्रस्थान गर्ने तयारीमा रहेको विद्यालयले जनाएको छ ।