धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली । विश्वकर्मा पूजाको अवसर नजिकिँदै गर्दा धनगढी उपमहानगरपालिका–२ का मूर्तिकार महेन्द्रकुमार शाह अहिले विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन्।

शाहका अनुसार प्रत्येक वर्ष असोज १ गते पूजाका दिन मूर्तिको माग बढी हुने भएकाले साउनको दोस्रो सातादेखि नै निर्माण सुरु गरिएको हो। हालसम्म १५ वटा मूर्ति निर्माण भइसकेको छ भने थप मूर्ति बनाउने तयारी भइरहेको छ। मूर्ति बजारमा रु पाँच हजारदेखि १० हजारसम्म मूल्यमा बिक्री भइरहेको छ।

मूर्तिकार शाहले मूर्ति बनाउन झण्डै एक साता लाग्ने र माटो, पराल, सुतली धागो, काठ, किला, कपास र बोरालगायत सामग्री प्रयोग हुने जानकारी दिएका छन्। लामो समयदेखि यस पेशाबाट आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए।

उहाँले स्थानीय सरकारले कला र संस्कृतिको संरक्षणका लागि मूर्तिकारलाई आर्थिक सहयोग र सीपमूलक तालिम दिनुपर्नेमा जोड दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *