महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि
काठमाण्डौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको अन्त्य सम्मसमग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीयविवरण अनुसार बैंकको खुदनाफा रु. ५०.०३ करोड पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१।८२ को अन्त्य सम्म बैंकले रु. ५६.२२ अर्ब निक्षेप संकलनगर्न सफल भएकोमा रु. ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो । साथै आर्थिक वर्ष २०८१।८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशतमात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१।८२ आषाढमसान्त सम्मकोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोषलागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्त सम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कमहुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कमहुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् । हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी”मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवाप्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।