सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्यो एक्प्रेस–टी ईभी फ्लिट पार्टनरलाई सम्मान

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पुर्‍यfउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस वर्षको नाडा अटो शो २०२५ मा लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको जनाएको छ । एक्प्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ । नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *