कोटेश्वरमा फ्लाइओभरसहितको सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोटेश्वरमा फ्लाइओभरसहितको सुरुङमार्ग बनाउन जापानसँग तीस अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेको छ । सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब रुपैयाँ सुहलियतपूर्ण ऋण सहायत स्वीकार गर्ने निर्णय गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । कोटेश्वर जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बनाउने सरकारको तयारी छ।

तीनकुनेतर्फ र भक्तपुरतर्फ भने फ्लाइओर र विमानस्थलको धावनमार्गतर्फ भने अन्डरपास बनाउने योजना अनुसार सरकारले जापानसँग सहुलियत ऋण लिएको हो । यस्तो पूर्वाधार बनाउन जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले गरेको अध्ययन अनुसार नै सरकारले यो पूर्वाधार निर्माण गर्न लागेको हो । अन्डरपास बनेपछि चक्रपथ हुँदै कोटेश्वर चोक भएर ललितपुर जाने सवारी र भक्तपुरबाट तीनकुनेतर्फ आउने सवारीलाई अवरोध हुने छैन । जसको कारण जाम हुँदैन भने विमानस्थल अगाडिको सडकमा सवारी चापसमेत देखिँदैन । यसका लागि २ वर्ष लगाएर जाइकाले अध्ययन गरेको थियो । सरकारसँग ऋण सम्झौता गरेर भएर ३० अर्ब रुपैयाँ लिने सरकारको निर्णयसँगै यो पूर्वधार निर्माणको काम अगाडि बढ्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *