उपसभामुख हटाउने निर्णयप्रति रास्वपाको टिप्पणी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयप्रति सरकारले अस्वाभाविक तदारुकता देखाएको टिप्पणी गरेको छ ।
आज शुक्रवारको प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ, तर उपसभामुखलाई हटाउन भने अनौठो तीव्रता देखाएको छ ।’उनले सरकारले निष्पक्षताको सट्टा पक्षपातको नयाँ मापदण्ड स्थापित गर्न खोजेको आरोप लगाइन् ।
साथै, विभिन्न मुद्दामा जोडिएका मन्त्री र आफ्ना निकटका व्यक्तिहरूलाई जोगाउँदै सरकार अगाडि बढिरहेको उनको भनाइ थियो ।