नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रास्वपाका नेता पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकनेता पक्राउ परेका छन् ।

चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका छन् । कँडेल प्रशिक्षण विभाग संयोजक रहेको कुरा रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले पुष्टि गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई बिहीबार चितवनबाट पक्राउ गरेर रूपन्देही लगिएको छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरू भइरहेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *