निजी स्कुल सञ्चालक आज विरोध प्रदर्शनमा
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको भन्दै आज विरोध प्रदर्शन गरेको छ ।
प्याब्सनले आज बिहान ११ बजेदेखि देशभरका विद्यालयका सवारी साधनमा कालो ब्यानर टाँगेर नजिकैका चोकहरूमा प्रदर्शन गरेको छ । यी सवारी साधनले प्रतिघण्टा २० किमीको गतिमा बिस्तारै नगर परिक्रमा गर्ने बताइएको छ ।
उपत्यकाभित्रका सबै विद्यालयका सवारी साधनले २७ किमी लामो चक्रपथमा कालो ब्यानरसहित परिक्रमा गरेका छन् ।