शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । मशासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।