शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज शुक्रबार छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार सोही सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम थियो ।

यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *