धादिङ जिल्ला बचत संघको व्यवस्थापकमा धौबन्जार नियुक्त

काठमाण्डौं । धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्रमुख व्यवस्थापकमा कवीन्द्र धौबन्जार नियुक्त भएका छन् । धौबन्जारलाई गत भाद्र ४ गते देखि लागु हुने संघको प्रमुख व्यवस्थापक नियुक्ती गरिएको हो । धौबन्जारले यस अघि भक्तपुरमा रहेको सामुहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक र चन्द्रागिरिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् । उनले काम गरेका दुबै सहकारी संस्था समुदायमा आधारित भई मुलुककै उत्कृष्ट संस्थाको रुपमा दर्ज बनाएका छन् ।

व्यवस्थापक धौबन्जार सहकारी क्षेत्रको बारेमा राम्रो दखल राख्छन् भने सहकारी संघ संस्थालाई मुल्य, मान्यता र सिद्धान्तमा आधारित भई सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । संस्थाका अध्यक्ष सीता दुवाडीले नियुक्ति पत्र प्रदान गर्दै नव नियुक्त प्रमुख व्यवस्थापकलाई बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । साथै संघमा विगत ५ वर्ष देखि प्रमुख व्यवस्थापकको रुपमा सेवा गरेका गोकर्ण दुवाडीले संघलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना साथ विदाई गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *