चाडपर्व लक्षित एमजीको ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक
काठमाण्डौं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले ४ लाख रूपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्सुरेन्स तथा निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर प्राप्त गर्ने छन्। एमजीका लोकप्रिय मोडलहरू– एमजी–४ इभी, एमजी कमेट इभी, एमजी जेडएस इभी, एमजी एसएच इभी, एमजी विन्डसर इभी र एमजी आइएमट इभी खरिद गर्दा यी सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो अफर भदौ ६ गतेदेखि कार्तिक १० गतेसम्म लागू हुनेछ। त्यस्तै, ग्राहकले एमजीका नक्साल तथा थापाथलीस्थित शोरूमबाट खरिद गर्न सक्नेछन्। यो योजनामार्फत ग्राहकलाई आकर्षक छुट, निःशुल्क इन्सुरेन्स र सजिलो चार्जिङ्ग सुविधासहित विशेष अनुभव दिन खोजिएको प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले बताए। ‘पर्वहरू खुसी, एकता र उत्सवको समय हुन्। ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी ग्राहकलाई आकर्षक छुट तथा सुविधा दिन चाहन्छौं । कम्पनीका अनुसार यस योजनाले नेपालमा एमजीलाई प्रिमियम र ग्राहक–मैत्री ब्रान्डको रूपमा थप मजबुत बनाउनेछ। पर्वमा गाडी खरिद गर्न चाहने ग्राहकका लागि यो उपयुक्त अवसर हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।