माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
उपमहासचिव हरिबोल गजुरेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने एजेण्डा रहेका छन् ।