नाडा अटो शोमा टाटाको ८ सय गाडी बुकिङ गर्दै ईभी बजारमा बर्चस्व

काठमाडौँ । नाडा अटो शो २०२५ मा भारतीय अटो ब्रान्ड टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उल्लेखनीय प्रभाव देखाएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार अटो शोमा ८ सय गाडी बुकिङ भएको हो। ६ दिनसम्म चलेको यस प्रदर्शनीमा विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडल र प्रविधि प्रस्तुत गरे पनि टाटाको विद्युतीय मोडलतर्फ ग्राहकको विशेष आकर्षण देखिएको हो । कम्पनीले प्रदर्शनीमा एसयूभी मोडलअन्तर्गत पञ्च ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभीसहित ह्याचब्याक मोडलमा टाटा टियागो ईभी प्रस्तुत गरेको थियो ।

यी मोडलमध्ये खासगरी पञ्च ईभी र नेक्सन ईभीले उपभोक्ताको बढी ध्यान खिचेका थिए । पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय गाडीको माग तीव्र गतिमा बढिरहेको छ । सरकारले समेत पेट्रोलियम पदार्थमा निर्भरता घटाउन र प्रदूषण नियन्त्रण गर्न ईभीलाई प्राथमिकता दिँदै आएको अवस्थामा टाटाका मोडलहरू प्रतिस्पर्धी मूल्य, उत्कृष्ट रेञ्ज क्षमता र आकर्षक फिचरका कारण उपभोक्ताबीच लोकप्रिय भइरहेका छन् । यसले देशभरबाट बुकिङमा उल्लेखनीय वृद्धि गराएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *