मिलिजुली कालिञ्चोक सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

दोलखा । चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ३२ औं बर्ष पुरा गरी ३३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जना स्वयसेवी रक्तदाताले रक्तदान गरेका थिए । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, शेयर सदस्य तथा स्थानियवासीहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमबाट विरामीलाई अत्यावश्यक पर्ने रगतको मागलाई पूर्ति गर्न केहि मात्रामा भए पनि टेवा पुगेको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रोस्कून, जिल्ला संघ तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको आथित्यता रहेको थियो ।स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले सदस्यहरुको हितको लागि स्थापना गरिएको संस्थाले स्थापनाको ३२ औं बर्ष सफलतापूर्वक पुरा गरेको बताए । उनले सदस्य र समुदायलाई केन्द्रमा राखी संस्थाले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बताए । आर्थिक मन्दी, नियमाकिय परिवर्तन र मुलुकमा आएको वित्तीय चुनौतीको बाबजुद पनि संस्थाले असल अभ्यासको माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा निरन्तर क्रियशिल रहेको उल्लेख गरे ।

सिईओ न्यौपानेले समुदायमा उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने उदेश्यका साथ सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै ऐन नियमको परिधिमा रहेर संस्था सञ्चालन गर्दै आएको बताए । संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उदेश्यले क्यु आर कोड,मोबाइल बैकिङ्ग तथा एटिएम सेवा प्रदान गर्दै आएको छ । त्यसका साथै संस्थाले सामाजिक उत्तरदाियत्व अन्तर्गत सामाजिक क्रियााकलाप, वित्तीय साक्षरता,सहकारी शिक्षा तथा नेतृत्व विकासको क्षेत्रमा समेत उल्लेख भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले अक्कुद्वारा सञ्चालन गरेको एक्सेस कार्यक्रममा सहभागी भएर एक्सेस ब्राण्ड समेत प्राप्त गरिसेको छ भने, जिल्ला बचत संघ, जिल्ला सहकारी संघ, सहकारी बैंक र नेफस्कूनबाट समेत विभिन्न समयमा पुरस्कृत भइसकेको छ । उद्यमशीलता मार्फत सेयर सदस्यहरुको जीवनस्तर माथि उकास्न लागि परेको उक्त संस्थाले वित्तीय पारदर्शिताका साथै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखको छ । गत असार मसान्तसम्म संस्थामा २४ हजार माथि सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयर पुँजी ६ करोड ८७ लाख,जगेडा कोष ९ करोड १० लाख,कुल संस्थागत पुँजी ९ करोड १० लाख ८० हजार ,बचत संकलन १ अर्ब १२ करोड ६६ लाख र ऋण लगानी ९८ करोड ८८ लाख रहेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ३९ करोड २८ लाख पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *