राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौं ११ गते बुधवार हुने भएको छ ।
सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए । राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि समितिको सभापतिको निर्वाचनको लागि तोकेको संघीय संसद सचिवालयले सुचना प्रकाशित गरेर जानकारी दिएका छन् ।
