सिटिजन्स बैंकको ‘सेमिनार अन कोशी लिडरसिप’ सम्पन्न
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘सेमिनार अन कोशी लिडरसिपः इन्स्पायरिङ पर्फर्मेन्स एन्ड एचिभिङ एक्सिालेन्स’ कार्यक्रम सम्पन्न गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, डेपुटी सीईओ र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो ।
सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्क्रिया भएकोे छ । हालै मधेश र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा सेमिनार गरिएको र अन्य प्रदेशमा पनि यसै गरी क्रमशः आयोजना गरिने बैंकले जनाएको छ ।