सुनको मूल्यमा आज सामान्य गिरावट

काठमाडौं । आज सुनको मूल्य घटेको छ । त्यस्तै चाँदीमा भने थोरै वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार सोही सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *