आज सुनको मूल्य १५ सयले बढ्यो, प्रतितोला १ लाख ९८ हजार ७ सय
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।
चाँदीको भाउले अघिल्लो दिनदेखि नै नयाँ रेकर्ड बनाइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।