रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौँमा प्रदर्शन
काठमाडौँ । रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौँमा प्रदर्शन भएको छ।
‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग गरेका छन् । देवनागरी लिपिको रक्षा गरौँ, नेपाली भाषा र लिपि मेट्न पाइँदैन, इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
सरकारले २० साउन २०८२ मा १ असोजदेखि लागु हुने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको थियो । जनस्तरबाटै यसको विरोध भएपछि यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिबाना नलाग्ने मंगलबार स्पष्ट पारेको छ ।
विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गई स्वतः स्फूर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ ।