लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना माग गर्दै गजेहाडा र महेन्द्रनगर ब्रान्चको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।
बैंकले उक्त पदमा आवेदन दिने उम्मेद्वारले बैंकिङ्ग क्षेत्रमा ४ वर्ष काम गरेको अनुभव भएको र स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको आधिकारी वेबसाइट मार्फत आवेदन दिन सक्ने छन् ।