नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौँ। भारतमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।

भारतको गुहावटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसमसँग १५ रनले पराजित भएको हो । पाँच खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । आसामले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पन्छाएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई विजेता घोषणा गरिएको हो । खेल रोकिनुअघि नेपाल ए का शुभ कंसाकारले ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साह २०, पवन सर्राफ ६ र इशान पाण्डे एक रन बनाएका थिए ।

आसामका लागि मरिनमोय दत्त र आकाश सेनगुप्ता समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९० रनको योगफल बनाएको थियो । आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *