भिजिट भिसा प्रकरणबारे आयोग गठन नगरे सडक आन्दोलनमा जाने चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
आइतबार झापामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफुहरुको उक्त माग सम्बोधन नभएसम्म संसद अवरुद्ध गरिरहने र आवश्यक परे रास्वपासहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने चेतावनी दिएका हुन् । ‘हामी कम्तीमा पनि यो सेसनमा यसरी नै निरन्तर विरोधमा रहन्छौँ,’ उनले भने, ‘माग सम्बोधन नभए, आवश्यक प¥यो भने दुईवटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ ।’
आफूहरूले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
















