मुकेश प्रधानको हृदयस्पर्शी गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोइसिलले म्युजिक डिरेक्सन गरेको हुन् l
देशको अहिलेको बैदेशिक रोजगारीको बिषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाइ गीतको म्युजीक भिडियोमा देखाइएको छ जुन धेरै नै हृदयस्पर्शी बनेको छ ।
भिडियोमा नायक बिशाल पहारी, बिन्दा खतिवडा जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ । भविन गुरुङको छायांकन र रञ्जित श्रेष्ठको सम्पादन आरओबीले निर्देशन गरेको गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल (INSIDE Mucase) बाट सार्वजनिक गरिएको हो ।