मेयर साम्पाङ काठमाडौँ आएपछि समर्थकले निकाले र्याली
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँ आएपछि समर्थकहरूले र्याली निकालेका छन् ।
उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरेका हुन् ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आएका साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो ।